प्रमुख सूचना ::
अस्थाई बसोबास सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय:
वार्ड कार्यालय
सेवा शुल्क:
१००
आवश्यक कागजातहरु:
१.निबेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी र बसोबास गर्ने घर न. ,टोल ,वा बाटोको नाम |
२.बहालमा बसेको भए घर धनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र |
४.घर बहाल तिरेको रसिद |
५.घर बहालको सम्झौता पत्र |
प्रक्रिया:
१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने |
२.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने |
३.निबेदन दर्ता गर्ने |
४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने |
५.निवेदकले तोकिएको शुल्क बुझाउने |
६.चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने