FAQs Complain Problems

ग्यालरी

जिल्लाको भागेश्वर गाउँपालिकाले बजार अनुगमन गरेको छ। बिहीबार र शुक्रबार गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत हर्षबहादुर रोका नेतृत्वको टोलीले भागेश्वर गाउँपालिकाको रुपाल र सिराडका पसलहरुमा अनुगमन गरेको हो। दशै तिहारको बेला स–साना केटाकेटी अनि गाउँघरका मानिसहरुले सामानमा भएको म्याद नहेर्ने गरेकाले यसले मानिसलाई ठूलो क्षति हुनसक्ने हुँदा यस्ता सामानहरुलाई नष्ट गरिएको छ । 

अनुगमन टोलीले गाउँपालिकाका विभिन्न ठाउँका ४० वटा खुद्रा पसलमा अनुगमन गरी करिब ८० हजार जतिको अखाद्य वस्तु, म्याद गुज्रेका सामान नष्ट गरेको गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत हर्षबहादुर रोकाले जानकारी दिए।

मिति: 10/11/2020 - 14:59
, , , , , , ,

Pages