FAQs Complain Problems

मिति २०७५/०४/०६ गतेको कार्यपालिका बैठकका निर्णयहरु

प्रस्तावहरु 

१.सोलार वितरण सम्बन्धमा |

२.आपतकालीन सामग्री वितरण सम्बन्धमा |

३.वार्षिक प्रगति समिक्षा सम्बन्धमा |

४.अति विपन्न औषधि उपचार सहयोग सम्बन्धमा |

५.लेखा परिक्षक् सुचिकृत सम्बन्धमा |

६.सार्वजनिक सुनुवाई सम्बन्धमा |

७.मासिक बैठक सम्बन्धमा |

८.आ.व.२०७५/०७६ को योजना कार्यान्वयन सम्बन्धमा |

९.गाडी चालक सम्बन्धमा |

१०.गाउँपालिकाको दरवन्दी अनुसार कर्मचारी माग सम्बन्धमा |

११.शिक्षक कार्यबिधी सम्बन्धमा |

१२.शिक्षा कार्यविधि सम्बन्धमा |

१३.साविक रुपाल गा.वि.स.को सरसामान वितरण गर्ने सम्बन्धमा |

निर्णयहरु 

1.प्रस्ताव १ माथि आवश्यक  छलफल गर्दा यस गा.पा. मा रहेको सोलार सेट विद्यालय ,स्वास्थ्य चौकी ,तथा संघ संस्थामा वितरण पश्चात बाँकी सोलार सेटहरू वार्ड न.१,२ र ५ मा आवश्यकता अनुसार उपाध्यक्ष ज्यूको संयोजकत्वमा ५ सदश्यीय कार्यबिधी बनाई वितरण गर्ने निर्णय सर्वसम्मति बाट पारित गरियो |

2.प्रस्ताव न.२ माथि छलफल गर्दा यस गा.पा. भित्रका प्रहरी चौकी ,नेपाल रेडक्रस सोसाईटी लाई आपतकालीन सामग्री उपलब्ध गराउने निर्णय सर्वसम्मति बाट पारित गरियो |

३.प्रस्ताव न.३ माथि छलफल गर्दा यस गा.पा.को आ.व.२०७४ /०७५ को वार्षिक प्रगति समिक्षा मिति २०७५/०४/१० गते गर्ने निर्णय गरियो |

४.प्रस्ताव न.४ माथि छलफल गर्दा वार्ड न. १ निवासी यसोदा को छोरा आयुष को स्वास्थ्य उपचारको क्रममा मृत्यु भई सकेको हुँदा निजको परिवार लाई गाडी भाडा बाफत को खर्च रकम आर्थिक सहयोग स्वरूप रु १६००० (सोह्र हजार )कन्टेनजेंसी खर्च बाट भुक्तानी गरिएकोले उक्त खर्च रकम यस कार्यपालिकाको बैठक बाट अनुमोदन गरियो |

५.प्रस्ताव ५ माथि आवश्यक छलफल  गर्दा यस गाउँपालिकाको क्षेत्र अधिकार भित्र रहेका विद्यालय ,स्वास्थ्य चौकी तथा अन्य संघ संस्थाको लेखा परिक्षण गराउन यस आ.व.२०७५/०७६ को श्रावण मसान्त भित्र लेखा परिक्षणको लागि सूचना प्रकाशित गर्ने र सोहि अनुरुप सुचिकृत लेखा परिक्षक बाट लेखा परिक्षण गर्ने गराउने निर्णय सर्वसम्मत निर्णय गरियो |

६.प्रस्ताव ६ माथि आवश्यक छलफल गर्दा यस भागेश्वोर गा.पा.को आ.व.०७४/०७५ को सार्वजनिक सुनुवाई तपसिल बमोजिम गर्ने निर्णय गरियो |

                    तपसिल 

वार्ड न.१ र २ को २०७५ साल श्रावण १७ गते (वार्ड न.१ र २ को कार्यालयमा )

वार्ड न.३ को २०७५ साल श्रावण १९ गते (वार्ड न.३ को कार्यालयमा )

वार्ड न.४ को २०७५ साल श्रावण २१ गते (बगरकोटमा )

वार्ड न.५ को २०७५ साल श्रावण २३ गते (सिराड)

गाउँपालिकाको सार्वजनिक सुनुवाई २०७५ श्रावण २६ गते (गाउँपालिका  कार्यालयमा )

७.प्रस्ताव न.७ माथि आवश्यक छलफल गर्दा गाउँ कार्यपालिकाको नियमित बैठक प्रतेक महिनाको ६ गते र कर्मचारी बैठक प्रतेक महिनाको ४ गते बस्ने निर्णय सर्वसम्मति बाट पारित गरियो |

८.प्रस्ताव ८ माथि छलफल गर्दा आ.व.०७५/०७६ को योजना कार्यान्वयन सम्बन्धमा यहि मिति २०७५ साल भाद्र मसान्त भित्र सम्पूर्ण वार्ड स्तरमा योजनाको लागि उपभोक्ता समिती गठन गरी आवश्यक तालिम संचालन गर्ने निर्णय गरियो |

९.प्रस्ताव ९ माथि छलफल गर्दा यस गाउँपालिकामा १ जना सवारी चालक दैनिक पारिश्रमिक परामर्श सेवा शिर्षक बाट खर्च हुने गरि भुक्तानी गर्ने र दैनिक ज्यालादारीमा सवारी चालक राखनाको लागि संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई स्वीकृतिको लागि पत्राचार गर्ने निर्णय सर्वसम्मति बाट पारित गरियो |

१०.प्रस्ताव १० माथि आवश्यक छलफल गर्दा यस गाउँपालिकामा कर्मचारी अभाव रही आएकोले दरवन्दी अनुसारको कार्मचारी माग गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लाई पत्राचार गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरियो |

११.प्रस्ताव ११ मा आवश्यक छलफल गर्दा आ.व.२०७५/०७६ को निती तथा कार्यक्रम" कक्षा कोठामा शिक्षक विद्यालयमा अभिभावक "अनुरुप शिक्षक व्यवस्थापन गर्न कार्यविधि बनाउन तपसिल बमोजिमको कार्यदल गठन गरियो |

तपसिल 

संयोजक : पदम बहादुर बोहरा (उपाध्यक्ष )

सदश्य :राम ब.शाही (वार्ड अध्यक्ष )

सदश्य :सोहन लाल दमाई (का.पा.सदश्य )

सदश्य सचिव :खिमानन्द पन्त (श्रोत ब्यक्ति )

१२. प्रस्ताव १२ माथि आवश्य छलफल गर्दा यस गा.पा.को शिक्षा कार्यबिधी यहि श्रावण २० गते सम्म सम्पन्न गर्ने गरि तपसिल बमोजिमको कार्यदल गठन गठन गर्ने निर्णय गरियो |

तपसिल 

संयोजक : कौशिला कुमारी भट्ट

सदश्य : पदम बहादुर बोहरा 

सदश्य : राम ब.शाही 

सदश्य :बसन्त भट्ट 

सदश्य : कल्पना सिकर्मी 

सदश्य :सोहनलाल दमाई 

सदश्य सचिव : श्रोत ब्यक्ति 

१३ . प्रस्ताव १३ माथि आवश्यक छलफल गर्दा साविक रुपाल गा.वि.स.मा रहेको केहि जिन्सी सामान लक्षित् बर्ग लाई वितरण गर्न तपसिल बमोजिमको वितरण समिति गठन गरियो |

तपसिल 

संयोजक : पदम ब. बोहरा 

सदश्य : राजेन्द्र बोहरा 

सदश्य : रुप सिंह ठकुराठी

सदश्य सचिव : मातृका प्रसाद भट्ट 

 

 

 

आर्थिक वर्ष: